मेलम्ची र हेलम्बु बाढीपीडितका लागि काठमाडौं महानगरको दुई करोड सहयोग


३ असार २०७८, बिहीबार
bidhya sundar hari prabha
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं, ३ असार । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन् ।

मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिपछिको राहत तथा उद्धारका लागि सो रकम सहयोग गरिने प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची काठमाडौं महानगरसँग भगिनीसम्बन्ध स्थापित नगर हो । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।

मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।

यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका– १० मेलम्चीबजार नजिक इन्द्रावती नदी किनारमा मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७