देउवा–पौडेलको छुट्टाछुट्टै छलफलले कांग्रेस केन्द्रीय समिति बैठक डेढ घण्टा ढिला शुरु


३ असार २०७८, बिहीबार
congress karya samiti

काठमाडौं, ३ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक डेढ भण्टा ढिलो गरी शुरु भएको छ । दिउँसो २ बजेका लागि डाकिएको बैठक साढे ३ बजे मात्र शुरु भएको हो ।

बैठक डाकेको समय अगावै नेताहरू सानेपा पुगे पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष छुट्टाछुट्टै छलफलमा बसेपछि बैठक ढिला शुरु भएको हो । ‘दुवै पक्ष आ–आफ्ना समूहका छलफलमा व्यस्त हुनुहुन्थ्यो, त्यसैले बैठक करीब डेढघण्टा ढिलो मात्र शुरु भयो’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘सभापतिजीले बैठक बसौं नभन्दासम्म दुवै पक्षका छलफल जारी रहे । अहिले बैठक शुरु भएको छ ।’

विधान अनुसार गर्न नसकेपछि संविधानको सहारामा आगामी भदौ ७ देखि १० सम्म गर्ने कार्यतालिका कांग्रेसको पदाधिकारी बैठकले संशोधन गरी १६ गतेदेखि १९ सम्म गर्ने प्रस्ताव गरेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले त्यो निर्णयमा छलफल गरी अनुमोदन गर्नुका साथै महाधिवेशनको सुनिश्चितताका लागि गर्नुपर्ने कामका विषयमा निर्णय गर्ने बताइएको छ ।

आजको बैठकमा केन्द्रीय समिति बैठकमा महाधिवेशन मात्र एजेण्डा भए पनि देशका विभिन्न जिल्लामा बाढी पहिरोले ल्याएको विपत्ति र समयमायिक राजनीतिका विषयमा पनि कांग्रेसले निर्णय गर्नुपर्ने छ । त्यसैले विपदग्रस्त क्षेत्रमा कार्यकर्ता परिचालन, उद्धार, राहत र पुनस्र्थापना लगाएका विषयमा सरकारको ध्यानाकर्षणसहितका विषयमा छलफल र निर्णय कांग्रेसका लागि बाध्यात्मक छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७