बालकुमारीमा जसपा उपेन्द्र–बाबुराम पक्षको बैठक, निर्वाचन आयोगको निर्णयबारे छलफल


३ असार २०७८, बिहीबार
baburam upendra

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । जसपाको केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजेदेखि शुरु भएको बैठक अझै जारी रहेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिएका छन् ।

बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए ।

यादव पक्षको कार्यकारिणी समितिको बैठकले गर्ने कुनै पनि निर्णय मान्य नहुने विज्ञप्तिमा उल्लेख गरेका थिए र सो बैठकको बारेमा निर्वाचन आयोगलाई पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७