सिन्धुपाल्चोक बाढी : हेलम्बुका थप चार जना हराएको पुष्टि, अझै १७ बेपत्ता


३ असार २०७८, बिहीबार
Melamchi flood 1

सिन्धुपाल्चोक, ३ असार । सिन्धुपाल्चोक बाढी पहिरोमा परी हेलम्बुका थप चार जना बेपत्ता भएको खुलेको छ । योसँगै बेपत्ताको संख्या १७ रहेको छ । यसअघि २० जना बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ भने चार जना सम्पर्कमा आएका छन् ।

बिहीबार हेलम्बु गाउँपालिका–१ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पुर्ण तामाङ, ५० वर्षीय कामी तामाङ र उनकी ७० वर्षीया आमा पनि बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यसअघि २० जना बेपत्ता भएकोमा चार जना सम्पर्कमा आएका छन् । १९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका हुन् । यसैबीच बिहीबार थप तीन जनाको शव फेला परेको छ । दुई चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव फेला परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७