थप २,१४१ ले जिते कोरोना, २,६०७ नयाँ थपिए, ३९ जनाको मृत्यु


३ असार २०७८, बिहीबार
korona

काठमाडौं, ३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २,१४१ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २,६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,६०४ जनामा कोराना पुष्टि भएको हो ।

मत्रालयका अनुसार ७,७७१ जनाको पिसिआर र ४,७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १,७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८,५९७ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७