आधिकारिकता दावी गर्न उपेन्द्र–बाबुराम पक्ष सशरीर निर्वाचन आयोग जाने


३ असार २०७८, बिहीबार
baburam upendra

काठमाडौं, ३ असार । दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ ।

५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

‘बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ,’ पार्टीका नेता डम्बर खतिवडाले भने । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७