कोरोनाबाट असईको मृत्यु


३ असार २०७८, बिहीबार
korona covid 19 6 scaled

महोत्तरी, ३ असार । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा एक प्रहरीको मृत्यु भएको छ । महोत्तरीको भंगहा नगरपालिकास्थित प्रहरी चौकीमा कार्यरत ४० वर्षीय प्रहरी सहायक निरीक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । शुरुमा जानकी हेल्थ केयरमा उपचार गराइरहेका उनको पछि प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७