युरोकपको नकआउट चरणमा पुग्ने बेल्जियम दोस्रो टोली


४ असार २०७८, शुक्रबार
1000 1.jpg .2021 06 18

काठमाडौं, ४ असार । फिफा वरियताको पहिलो स्थानमा रहेको बेल्जियम चालु युरोकप २०२० फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने दोस्रो टोली बनेको छ । गए राति बेल्जियमले समूह बीमा डेनमार्कलाई २–१ ले हराउँदै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको हो । यसअघि इटाली नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको थियो ।

समूह बीमा बेल्जियमले दुई खेलबाट ६ अंक बटुलेको छ । डेनमार्कले दुवै खेल गुमाएकोछ । डेनमार्क तालिकाको पुछारमा छ । गणितीय आधारमा मात्र डेनमार्क प्रतियोगितामा रहेको छ । खेल सुरु हुनुअघि मैदानमा खेलाडी तथा समर्थकले डेनमार्कका घाइते खेलाडी क्रिस्टियन एरिक्सनको स्वास्थ्य लाभ कामना गरेका थिए । फिनल्यान्डसँगको समूह चरणकै पहिलो खेलको मध्यान्तरअघि स्वास प्रश्वास फर्ने गाह्रो भएपछि एरिक्सन मैदानमा ढलेका थिए ।

ap2021 06 18 12 33 41

मेडिकल टोलीको तत्काल प्रयासका कारण एरिक्सन बाँच्न सफल भएका हुन् । अहिले उनको उपचार अस्पतालमा भइरहेको छ । बेल्जियमविरुद्ध मैदानमा उर्तनु अघि नै डेनमार्कका खेलाडीले खेल एरिक्सन प्रति समर्पित भएको जनाएका थिए । बेल्जियम भने एक गोलले पछाडि रहेको अवस्था उल्ट्याउँदै २–१ को जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा डेनमार्कले १–० को अग्रता लिएको थियो । घरेलु मैदानमा डेनमार्कका समर्थकलाई खुसी दिलाउने क्रममा युसुफ पाउल्सेनले आकर्षक गोल गरेका थिए । उनले एमिल होएविएरको पास नियन्त्रणमा लिँदै सानो डिबक्सबाट सहजै गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका हुन् ।

पहिलो हाफमा डेनमार्क हावी देखिएको थियो । डेनमार्कले पहिलो हाफमा तीन वटा गोल अवसर खेर फाल्यो । बेल्जियम भने विस्तारै खेलमा पकड जमाइरहेको थियो । मध्यान्तरपछि बेल्जियमले डेनमार्कमाथि दबाव सृजना गर्न सफल भयो । यता डेनमार्कले बल पोसेसनमा आफ्नो दबदबा राखिरहेको थियो । डेनमार्कले काउन्टर र लामो पासमा थप गोल गर्न प्रयास जारी राखेको थियो ।

841459dc 050d 45ca 8d86 7d5d56691ed9

मध्यान्तरपछि नै मैदान भित्र छिरेका डे ब्रुयनको पासमा हजार्डले ५४औं मिनेटमा बेल्जियमलाई १–१ को बराबरीमा पु¥याए । खेलको ७०औं मिनेटमा इडेन हजार्डको सटिक पासमा डे ब्रुएनले डिबक्स भित्रबाट गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए ।

खेलको ८७ औं मिनेटमा डेनमार्कका मार्टिन ब्रेथवेटको प्रहार क्रसबारमा लागेको थियो । चालु प्रतियोगितामा डेनमार्कले दुवै खेलमा २० भन्दा बढी गोल प्रयास गरेको छ । दुभाग्र्यवस डेनमार्क दुवै खेलमा पराजित भएको छ । बेल्जियमविरुद्धको खेलमा डेनमार्कले २१ पटक गोल प्रयास गरेको थियो ।

यस विपरित बेल्जियमले ६ पटकमात्र पोस्ट चार्ज ग¥यो । खेलमा बेल्जियमले ५३ तथा डेनमार्कले ४७ प्रतिसत बल पोसेसन बनाएको थियो । खेलमा रामेलु लुकाकु म्यान अफ दी म्याच घोषित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७