आर्थिक क्षेत्र खुकुलो बनाउँदै ‘स्मार्ट लकडाउन’ को तयारी, ५–६ जना बढी भेट्न नपाउने


४ असार २०७८, शुक्रबार
kathamandu 1 scaled

काठमाडौं, ४ असार । कोरोना संक्रमणमा केही कमी आएपछि सरकारले ‘स्मार्ट लकडाउन’को अवधारण अघि बढाएको छ । संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्रलाई बिस्तारै खुला गर्ने सरकारको योजना छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठकले ‘स्मार्ट लकडाउन’ को अवधारण अघि सारेको हो । जसअनुसार निषेधाज्ञालाई व्यावहारिक बनाइने सिसिएसमीका प्रमुख कार्यकारी अधिकृत बालानन्द शर्माले बताए । ‘फेरि संक्रमण फैलन नदिने गरी आर्थिक क्षेत्र खुला गराउने योजनाअघि स्मार्ट लकडाउनको अवधारणा सारिएको हो,’ उनले भने, ‘यसअन्र्तगत परिस्थितिअनुसार निर्णय गर्दै गइनेछ ।’

शर्माका अनुसार ८ असारबाटै ‘लुजडाउन’ हुने सम्भावना छैन । त्यसपछिको हप्तामा पनि संक्रमणदर र मृत्युदुर घट्दै गएमा स्मार्ट लकडाउनको अवधारण लागू हुनेछ । गत वर्ष असारबाटै सरकारले लकडाउन खुकुलो बनाएको थियो । तर, एक महिनामै संक्रमण बढेपछि फेरि कडा लकडाउन गरिएको थियो ।

त्यही घटनाबाट सिकेर यसपटक सरकारले निषेधाज्ञा खोल्दा थप सतर्कता अपनाउन लागेको हो । ‘हामी हचुवाको भरमा निषेधाज्ञा खोल्ने पक्षमा छैनौँ, गत वर्ष असारमा लकडाउन खोल्दा संक्रमण बढ्यो,’ शर्माले भने, ‘यसपटक हामी फेरि त्यस्तो अवस्था नआओस् भन्नेमा छौँ, जनताको जीवन मुख्य कुरा हो, त्यसकारण हामी परिस्थितिको गहन मूल्यांकन गरेर अघि बढ्ने छौं ।’

शर्माका अनुसार सकेसम्म आर्थिक क्षेत्रलाई पनि केही खुकुलो गर्दै जाने र ५–६ जना भन्दा धेरै व्यक्ति भेट नहुने गरी स्मार्ट लकडाउनको अवधारण लागू गरिनेछ । ‘गत वर्ष हामी जोर–बिजोर प्रणालीमा गयौँ,’ उनले भने, ‘यसपटक हामी अत्यावश्यकताको आधारमा निर्णय गर्छाै, एकतिहाइ मात्र सवारी चलाउँदा पुग्ने अवस्था जोर–बिजोर नै गरिरहनुपर्ने आवश्यकता नहुन सक्छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७