अब निर्माण क्षेत्र र उद्योग पनि खुला गरिने


४ असार २०७८, शुक्रबार
Itta bhatta 1024x768 1

काठमाडौं, ४ असार । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण क्षेत्र र उद्योग खुला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले यो सातासम्म जारी लकडाउनपछि केही खुकुलो बनाउन लागेको हो । एक सातासम्मको संक्रमणको स्थिति विश्लेषण गरेर निर्माण क्षेत्र र उद्योग खुला गरेर जानेमा सरकार पुगेको छ ।

समितिको बैठकले अधिक संख्यामा नेपाली श्रमिक रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

बैठकले गैरआवासीय नेपालीहरूबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने समेत निर्णय गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७