बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


४ असार २०७८, शुक्रबार

दाङ, ४ असार । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीय श्रीमती स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

घरायसी विवादका कारण बुधबार बेलुका मुकुन्दलालले टाउकोमा बञ्चरो प्रहार गरेपछि श्रीमती चौधरी घाइते भएकी थिइन् ।उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७