कोपा अमेरिका : पेरुको पोस्टमा ब्राजिलको चार गोल


४ असार २०७८, शुक्रबार
brazil l4wYvpRtdQ

काठमाडौं, ४ असार । कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित निकालेको छ । केहीबेरअघि सकिएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोलले हरायो । ब्राजिलको लागि ११ औं मिनेटमा एलेक्स सान्द्रो र ६८ औं मिनेटमा नेयमारले गोल गरे । यस्तै ८९ औं मिनेटमा एभर्टन रेविरोले गोल गरेका थिए ।

201494420 506783864079453 5644339697063537264 n my0FlO8tCv

थपिएको समयको तेस्रो मिनेटमा रिर्चलिसनले गोल गर्दै ब्राजिललाई ४–० को अवस्थामा पु¥याए । यसअघि नेयमारलाई लडाएको भन्दै रेफ्रिले ब्राजिललाई पेनाल्टी दिएका थिए । तर भिडियो एसिस्टेन्ट रेफ्री भीएआरमा हेर्दा पेरुको खेलाडीको गल्ती नदेखिएकाले पेनाल्टीको निर्णय फिर्ता भएको थियो । जितसँगै समूह ‘ए’ मा ब्राजिल ६ अङ्कसहित शीर्ष स्थानमा छ । लगातार दोस्रो खेल हारेको पेरु अङ्कविहीन छ ।

बिहानै भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको अन्तिम समयमा कोलम्बियाका लुइस डेइजले रातो कार्ड खाँदै बाहिरिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७