कांग्रेस क्रियाशिल सदस्यता छानविन शुरु, आज पनि केन्द्रीय समिति बैठक


४ असार २०७८, शुक्रबार
congress 3 scaled
sf7df8f}F ( k””; M g]sf s]Gb|Lo sfo{;ldlt a}7s g]kfnL sfFu|]; kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf laxLaf/ a;]sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/ M/f]zg ;fksf]6f÷/f;;

काठमाडौं, ४ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् ।

बैठक पार्टी मुख्य कार्यालय सानेपामा बस्ने छ । आजको बैठकले संशोधित महाधिवेशन कार्यतालिकाबारे निचोड दिने बताइएको छ ।
यसअघि हिजो बसेको बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल भएको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ । नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले साउन १२ गतेदेखि स्थानीय तहको निर्वाचन सुरु गर्ने र भाद्र १६ गते महाधिवेशन शुरु गरेर १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव बैठकमा आएको जानकारी दिए ।

यता क्रियाशिल सदस्यता छानविन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई क्रियाशिल सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ । पार्टीमा क्रियाशिल सदस्यता १६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भए पनि हालसमम्म १४९ स्थानको मात्र इन्ट्री गरिएको छ । क्रियाशिल छानबिन समितिले भने आफ्नो कारण महाधिवेशन नरोकिने दाबी गरेका छन् ।

१३ औं महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइएको छ । यो संख्या १४औं महाधिवेशनमा १० लाखभन्दा बढी हुनेछ । कांग्रेसमा यसबीचमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक कांग्रेससँग एकीकरण भएको थियो भने सुनिल थापाको नेतृत्वमा राप्रपाका नेताहरु कांग्रेस प्रवेश गरेका थिए ।

संघ र प्रदेशको निर्वाचनअघि अखण्ड नेपाल लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु कांग्रेस प्रवेश गरेका थिए । ती सबैलाई कांग्रेसले ‘हैसियत’ अनुसार क्रियाशील सदस्यता दिएको थियो ।

कांग्रेसमा क्रियाशिल सदस्यतालाई लिएर हरेक महाधिवेशनमा विवाद हुँदै आएको छ । क्रियाशिल सदस्यमार्फत् नै वडादेखि केन्द्रीय नेतृत्वसम्म चयन हुने गर्छन् । क्रियाशिल सदस्यबाटै पार्टीका महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनीहरुले नै केन्द्रीय नेतृत्व छनौट गर्ने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसमा क्रियाशिल सदस्यतामै चलखेल हुने गर्छ ।

१३औं महाधिवेशनमा क्रियाशिल सदस्यता विवाद सुल्झाउन झण्डै ६ महिना लागेको थियो । बिहीबारको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले समय अपुग हुने भन्दै थप समय मागेका थिए । त्यसपछि क्रियाशील सदस्यता टुंग्याउन समितिले असार मसान्तसम्मको समय पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७