परिचय पत्र नबोक्दा रोनाल्डोलाई रङ्गशाला प्रवेश गर्न रोकियो


४ असार २०७८, शुक्रबार
Ronaldo 32021 06 17 07 11 43

काठमाडौं, ४ असार । परिचयपत्र नबोकी रंगशाला प्रवेश गर्न खोज्दा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सुरक्षा गार्डले गेटमै रोकेका छन् । यो घटना गत मंगलबारको हो । त्यो दिन पोर्चुगल र हंगेरीबीच खेल हुँदै थियो । पुस्कार एरिना रंशगालाको टनेलमा रहेका सुरक्षा गार्डले पोर्चुगलका कप्तान रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागे । तर, उनी परिचयपत्र नबोकी रंगशाला पुगेका थिए ।

सुरक्षा गार्डले रोनाल्डोलाई एक्कासी गेटमै रोक्दा त्यहाँ खैलाबैला नै मच्चिएको थियो । रोनाल्डो पनि अन्य खेलाडीसँगै रंगशालाभित्र प्रवेश गरिरहेका थिए । सुरक्षा गार्डले एक–एक गर्दै परिचयपत्र हेरेर खेलाडी र अफिसियललाई भित्र प्रवेश गराइरहेका थिए ।

यसैक्रममा सुरक्षा गार्डले रोनाल्डोसँग युरोकप आयोजकले प्रदान गरेको आधिकारिक परिचयपत्र मागेका थिए । तर, उनीसँग गेटपास मात्रै थियो । गेटपास बोकेका रोनाल्डोले युरोकपको आधिकारिक आइडी कार्ड भने घाँटीमा झुण्ड्याउनै बिर्सेका रहेछन् । मास्क लगाएका भए पनि सुरक्षागार्डले रोनाल्डोलाई चिने । नजिकै रहेका अन्य खेलाडी र आयोजकले पनि उनी सुपरस्टार फुटबलर रोनाल्डो भएको भन्दै नरोक्न आग्रह गरे । तर, जति नै स्टार खेलाडी भए पनि नियम–कानुन सबैका लागि एकै हुन्छ भन्दै ती सुरक्षागार्डले उनलाई अघि बढ्न दिएनन् ।

उनले आधिकारिक परिचयपत्र विना रोनाल्डोलाई रंगशालामा प्रवेश गराउन नसक्ने निर्णय सुनाए । पछि सहकर्मीहरूले आधिकारिक परिचयपत्र ल्याइदिएपछि मात्रै रोनाल्डोेले रंगशालामा प्रवेश पाए । त्यतिञ्जेलसम्म उनी गेट बाहिरै बसिरहे । यो घटनामा रोनाल्डोले आफ्नो गल्ती स्विकारेका छन् । त्यो दिनको खेलमा रोनाल्डोले हंगेरीविरुद्ध दुई गोल गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७