इन्डोनेशियामा खोप लगाउनेलाई सिङ्गै कुखुरा


४ असार २०७८, शुक्रबार
indonasian officials give live chicken to those who vaccinate1623985372

काठमाडौं, ४ असार । इन्डोनेशियामा कोरोनाविरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु गरिएको हो ।

सो उमेर समूहका मानिस खोप लगाउन एकदमै हिचकिचाइरहेकाले यस्तो गर्नु परेको सहायक पुलिस कमिसनर गलिह अप्रिआ बताउँछन् । उनले भने, ‘सुरुवातमा खोप आउँदा मानिसहरुमा एकदमै गलत जानकारी र भ्रामक सूचनाहरु फैलिएको थियो । विशेष गरी अनलाइन र सामाजिक सञ्जालमा त्यस्ता गलत सूचनाको प्रवाह व्याप्त भइसकेको थियो । यसमा ४५ वर्ष माथिकाहरु कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट जोगाउनुको सट्टा उल्टै उनीहरुलाई गम्भीर बिरामी पारेर मृत्यु समेत हुन सक्छ भन्ने सोचिरहेका थिए ।’ यही कारण त्यहाँको प्रहरीले निःशुल्क कुखुरा वितरणको अभियान सुरु गरेको हो ।

यसरी कार्यक्रमका सुरु हुनु अगाडि २०० मध्ये केबल २० जना वासिन्दा मात्र खोप लगाउन अघि सरेका थिए । तर अहिले भने हरेक दिन २५० जनासम्म सुइ लगाउन आउने गरेको उनले बताए । त्यसरी कुखुरा दिनुले जेष्ठ नागरिकहरुप्रति सदभाव र सम्मान व्यक्त गरिएको आभास गराउने गलिह बताउँछन् ।

हालसम्म निकायले यस कार्यक्रममार्फत ५०० वटा कुखुरा वितरण गरिसकेको बताएको छ । उनीहरुले यस अभियानलाई थप विस्तार गर्ने योजना बनाइरहेको पनि बताए । गलिह भन्छन्, ‘यसमा हामीले खोपको फाइदा र सुरक्षा सम्बन्धी सबै मानिसहरुलाई विस्तृतमा व्यख्या गरेर बुझाउनुपर्ने हुन्छ अनि मात्र उनीहरु खोपसँग डराउन छाड्ने छन् । यसका लागि हामी सबैको ढोका–ढोकामा गएर खोप लगाउन प्रोत्साहन गरिरहेका छौँ ।’

त्यहीं बस्ने एक ज्येष्ठ महिलाले सीएनएनसँग बोल्दै आफूलाई खोप लगाउनु पर्छ या पर्दैन भन्ने पहिले थाहा नभएको तर अहिले यस वापद् कुखुरा पाउँदा अत्यन्तै खुसी लागेको बताइन् । यो कार्यक्रम पश्चात् नागरिक खुसी भएको प्रतिक्रिया जनाउँदा आफूहरुमा पनि अधिक हौसला मिलेको गिलह बताउँछन् । उनले भने, ‘ज्येष्ठ नागरिकहरु कुखुरा पाउँदा खुसी भएको देख्दा हामीलाई पनि खुसी लागेको छ र अर्कोतर्फ हामीले यसमार्फत उहाँहरुलाई भाइरसबाट पनि सुरक्षित राखिरहेका छौँ ।’

यसमा आर्मी र स्वास्थ्यर्मीहरु मिलेर पुलिसलाई खोप वितरण गर्न र तत्काल सुइ लगाउने प्रबन्ध मिलाउन सहायता गरिरहेको पनि उनले जानकारी दिए । इन्डोनोशियामा कोरोनाबाट झन्डै २० लाख संक्रमित भएका छन् भने ५३ हजारको यसबाट मृत्यु भएको तथ्यांक छ ।
पछिल्लो समय घना वस्तीयुक्त दुई प्रमुख टापुमा संक्रमित बढ्ने क्रम रहेको पाइएको छ । यता, खोप अभियान भने सुस्त गतिमा अघि बढिरहेको छ । यसमा लक्षित गरिएको ५० वर्ष माथिका २० प्रतिशत भन्दा थोरै नागरिकमा मात्र पहिलो डोज खोप लगाइसकिएको छ । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७