आज पनि बाढीको खतरा, यी जिल्लामा बढी सावधानी अपनाउन आग्रह


४ असार २०७८, शुक्रबार
badhi 1

काठमाडौं, ४ असार । मनसुनको शुरुवातसँगै बाढी–पहिरोले देशका विभिन्न जिल्लामा बितण्डा मच्चाएको छ । मनसुनको शुरुवातमै भएको भारी बर्षाका कारण आएको बाढी–पहिरोले ठूलो धनजनको क्षति गरेको छ ।

आज पनि देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज बर्षाका कारण कन्काई, कमला, वागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव बढ्न सक्ने मौसमविदे बताएका छन् । केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ । महाशाखाले शुक्रबार बिहान ७ बजे जारी गरेको बुलेटिनअनुसार आज प्रदेश १, २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरे क्षेत्रका साना नदीमा बहाव बढ्दो हुने सम्भावना छ ।

यस क्रममा ‘केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनानाउन’ महाशाखाले अनुरोध गरेको छ । आज नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुनेछ । ती सबैमा बहाव सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, हुम्ला, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने जनाइएको छ ।
स–साना नदी जलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

201358127 4380103505367942 508299696065198894 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७