प्रदेश सभा जोगाउन मलाई विश्वासको मत दिनुस् : मुख्यमन्त्री पोखरेल


४ असार २०७८, शुक्रबार
krishna chandra nepali pokhrel 2

कास्की, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन अनुरोेध गरेका छन् ।

‘आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्दै अगाडि बढ्नका यहाँ छौं । संघीयतालाई मजबुत र राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षको लागि हो र बीचमा जनताबीच जानु कुनै पनि रुपमा उपयुक्त नहुने भएकोले विश्वासको मत दिएर समर्थन गर्न अनुरोध गर्दछु,’ मुख्यमन्त्री पोखरेल नेपालीले भने ।

गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले कृष्ण चन्द्र नेपाली पोखरेलले विश्वासको मागेका छन् । पोखरेलले विश्वासको मत पाऊँ भनी प्रस्ताव पेस गरेका हुन् । ख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । अहिले उक्त प्रस्तावमाथि छलफल शुरु भएको छ । एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनबाट जेठ २९ मा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यसरी बन्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जेठ २७ मा पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए ।

गठबन्धनको सरकार भएकाले उनीसँगै नियुक्त चार मन्त्रीको जिम्मेवारी पनि तोकिएको छैन । साथै असार १ मा ल्याइएको बजेटमाथि प्रदेशसभामा छलफल पनि अघि बढाइएको छैन । नेपालीले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार र बजेट छलफललगायत काम अघि बढाउने बताउँदै आएका छन् । त्यसैले उनले मुख्यमन्त्रीमा नियुक्त भएको एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अहिले ५९ सांसद छन् । मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ३० सांसदको मत आवश्यक पर्छ । यसअघि ३१ सांसदको समर्थनमा उनी मुख्यमन्त्री भएका हुन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई सांसद पदबाट हटाएपछि प्रदेशसभामा अहिले ५९ सांसद छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७