गण्डकी प्रदेश : सपनामा पनि एमालेले विश्वासको मत दिंदैन : सांसद थापा


४ असार २०७८, शुक्रबार
b906c7c4db622b633a749a9659d40fdc w1000 h500 cp

पोखरा, ४ असार । गण्डकी प्रदेश सरकारलाई नेकपा एमालेले मुख्यमन्त्रीले मागेको विश्वासको मत नदिने बताएको छ ।

आज (शुक्रबार) प्रदेश सभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतका विषयमा धारणा राख्दै नेकपा एमालेका सांसद कृष्ण थापाले विपनामा मात्र होइन, सपनामा समेत विश्वासको मत नदिने बताएका छन् ।

‘विपनामा त कुरै छोडौं, सपनामा पनि एमालेले अहिलेको सरकारलाई विश्वासको मत दिँदैन’, प्रदेश सभामा थापाले भने । उनले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा बनाएको आधार समेत अघि बढाउन यो सरकार सक्षम नभएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७