कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन


४ असार २०७८, शुक्रबार
1624005559 karnali 1200x560 1

सुर्खेत, ४ असार । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।

शुक्रबारको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले शाही नेतृत्वको सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो । गत वैशाख ३ गते यी ३ मन्त्रीसहित सांसद प्रकाश ज्वालाले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । त्यसपछि शाहीले थापा, शाही र बुढालाई मन्त्री नियुक्त गरेका थिए ।

नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वोच्च अदालतको आदेशमा पुनर्वहाली भएका थिए । पुनर्बहाली भएपछि उनीहरुले फेरि एमाले संसदीय दलको निर्देशन मान्नुपर्ने शाहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७