अर्जेन्टिना र उरुग्वे भिड्दै


४ असार २०७८, शुक्रबार
Argentina Uruguay 1024x576 1

काठमाडौं, ४ असार । कोपा अमेरिका अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार बिहान लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उरुग्वेको सामना गर्दैछ । खेल ब्रासिलियामा नेपाली समयअनुसार शनिबार बिहान ५.४५ बजे हुनेछ ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । १८ अक्टोबर २०२० मा पेरुलाई २–० ले हराएपछि पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको अर्जेन्टिनालाई जितको दवाव हुनेछ । यसक्रममा अर्जेन्टिनाले चिलीसँग दुईपटक १–१ गोलको बराबरी खेल्दा कोलम्वियासँग २–२ गोलको बराबरी खेलेको थियो ।

टोलीसँग कप्तान मेस्सीसँगै सर्जियो अगुएरो, लोउटारो मार्टिनेज, जियोभानी लो सेल्सो, ड्यानियल पारेडेस, रोड्रिगो डि पउल, निकोलस ट्याग्लियाफिको, निकोलस ओटामेन्डी, लुकास मार्टिनेज, गोन्जालो मोन्टिएल र गोलरक्षक इमिलियानो मार्टिनेजको साथ रहेको छ । यस्तै एन्जल डि मारिया, पालासिओस, जोआक्विन कोरेआ र नाहुइल मोलिना पनि टोलीमा रहेका छन् ।

यता, पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको उरुग्वे कोपाको पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा मैदान उत्रनेछ । १४ नोभेम्वर २०२० मा कोलम्वियालाई ३–० ले हराएपछि उरुग्वेले ब्राजिलसँग २–० को हार बेहोर्दा पाराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

टोलीसँग लुइस सुआरेज, इडिन्सन काभानी, फेडे भाल्भेर्डे, फकुन्डो टोरेस, डिएगो गोडिन, जोश जिमिनेज र फर्नान्डो मुस्लेरालगायतको चर्चित खेलाडीको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो ७ भेटमा अर्जेन्टिना ३ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा सकिदा एक खेल उरुग्वेले आफ्नो पक्षमा पारेको छ । पछिल्लो दुवै खेल बराबरीमा सकिएको छ । यो समूहको अर्को खेलमा अर्जेन्टिना र उरुग्वेले खेल्नुअघि चिली र बोलिभियाबीच शनिबार बिहान २-५ बजे प्रतिस्पर्धा हुनेछ ।

यो समूह ‘ए’ मा पाराग्वे ३ अंक जोडेर शीर्षस्थानमा रहँदा अर्जेन्टिना र चिली समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहेको छ । उरुग्वेले एक खेल पनि खेलेको छैन । बोलिभिया अंकविहीन हुदै पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७