चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया


५ असार २०७८, शनिबार
euuro cup pm6bpSKucU

काठमाडौं, ५ असार । युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ ।

स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन ।

खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो । बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड रहेको थियो । खेलमा कुल ४ वटा एल्लो कार्डको प्रयोग भएको थियो । समूह डी मा रहेको क्रोएसिया यसअघि इङ्ल्याण्डसँग १–० ले पराजित भएको थियो भने चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।

आजको खेलसँगै दुई खेल खेलेको चेक ४ अंकसहित समूह डीको शीर्ष स्थानमा पुगेको छ भने शनिबार पौने १ बजे स्कटल्याण्डसँग भिड्दै गरेको इङ्ल्याण्ड ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । क्रोएसियाको भने जम्मा एक अंक रहेको छ । यस्तै सोही समूहको स्कटल्याण्ड अंक बिहीन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७