कोपा अमेरिका : अर्जेन्टिनाले उरुग्वेलाई हरायो


५ असार २०७८, शनिबार
messi vs Uruguay

काठमाडौं, ५ असार । गुइदो रोडरिग्वेजको निर्णायक गोल प्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० को नतिजामा पराजित गरेको छ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो ।

स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मैदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३ औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।

कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७