मेलम्ची बाढी–पहिरो : विज्ञले औंल्याए यस्ता कारण, अझै छ ‘खतरा’


५ असार २०७८, शनिबार
melamchi head badhi 6

सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुको कारण सार्वजनिक गरिएको छ । हेलम्बु गाउँपालिकाले गएको १ गते बाढी आउनुको कारणबारे आज सूचना निकालेर जानकारी गराएको हो ।

Badi Pahiro Sindhu

वडा नम्बर–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएको गाउँपालिकाले जनाएको छ । विज्ञ डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले चौरको २५ प्रतिशत भागमा पहिरो गएकाले आकस्मिक बाढी आएको निष्कर्ष निकालेको हो ।

melamchi notice cdUIbDu52s

चौरको ७५ प्रतिशतमध्ये कति भागमा पहिरो जानसक्ने यकिन नभएको भन्दै थप बाढी आउनसक्ने भएकाले उच्च सावधानी अपनाउन समेत सूचनामार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७