शेयर बजारमा ६३ अंकको पहिरो, ११ अर्ब एक करोड ९४ लाखको मात्र कारोबार


६ असार २०७८, आईतवार
037d85305e32d6ebbb6d28408885f902 w1000 h500 cp

काठमाडौं, ६ असार । शेयर बजारमा आज (आइतबार) दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बजार परिसूचक नेप्से ६३.२८ अंकले र सेन्सिटिभ सूचक १२.६१ अंकले घटेको हो ।

गत साताबाट शुरु भएको शेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको हो । गत साता नेपाल धितोपत्र बोर्डले बजार माथि पुगेसँगै जोखिम बढेको आशयसहितको विज्ञप्ती जारी गरेको थियो । बोर्डले विभिन्न ५१ सूचीकृत कम्पनीको नाम नै तोकेर जोखिमयुक्त भनेपछि शेयर बजारमा गिरावट शुरु भएको हो ।

शेयर बजारका जानकारहरू नियामक निकायले बैंक बजारमा जोखिम बढ्यो भन्ने विज्ञप्ती जारी गर्नुको साथै आगामी मौद्रिक नीतिले समेत बजारलाई असर गर्नसक्ने आशंकाले गर्दा बजारमा करेक्सन भएको बताउँछन् । एकै दिन १९ अर्ब ५५ करोडसम्मको कारोबार भएको बजारमा पछिल्लो समय कारोबार रकम क्रमशः घट्दै गएको छ । आज नेप्सेमा २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब एक करोड ९४ लाख २ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचक ३ प्रतिशत माथिले गिरावट भएको छ । आज कारोबारमा आएको अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । १८३ सूचीकृत कम्पनीको शेयर किनबेच हुँदा १७५ कम्पनीको मूल्य घटेको छ । यस्तै ५ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीका भने स्थिर रह्यो ।

गोर्खाज फाइनान्सको शेयर मूल्य ५.४१ प्रतिशतले बढ्दा नेशनल हाइड्रोपावरको शेयर मूल्य ३.३६ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य ३.१६ प्रतिशत तथा तारागाउा रिजेन्सी हाटेको २ प्रतिशत र नारायणी विकास बैंकको ०.१५ प्रतिशतले बढेको छ ।

यता युनियन हाइड्रोपावरको शेयर मूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । आज नेप्सेमा नेपाल पुनर्बिमा कम्पनीको सवार्धिक ८१ करोडको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको ४३ करोड २ लाख ५५ हजारको कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७