सिमा रक्षक देवनारायण यादवले भने, ‘नेपाली माटोको रक्षा गर्ने पार्टी एमाले हो’


२६ आश्विन २०७४, बिहीबार
Dev Naryan Yadav

काठमाडौं : सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् । नेपाली माटोलाई माया गर्ने एमाले भएको भन्दै यादव नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । यादव विहिबार एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् । कांग्रेसबाट ०५४ को स्थानीय निकायमा क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

Dev Naryan Yadav

सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट दुई साता अघि साँझ पक्राउ गरेर जेल हालिएको थियो । नेपालको तिव्र दबाबपछि उनलाई छोडिएको थियो ।  सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट दुई साता अघि साँझ पक्राउ गरेर जेल हालिएको थियो । नेपालको तिव्र दबाबपछि उनलाई छोडिएको थियो ।

एक बर्ष अघि सप्तरीको दक्षिण सीमावर्ती तिलाठी नजिकै दशगजा क्षेत्रमा रहेको खाँडो नदीमा भारतीयहरुले जबर्जस्ती बाँध बनाएपछि उनकै नेतृत्वमा नेपालीहरुले प्रतिरोध गरेका थिए । भारतको बिहार राज्य अन्र्तगत सुपौल जिल्लाको कुनौली गाउँ पञ्चायत प्रशासनले नेपालका आधा दर्जन बढी गाविस डुबानमा पार्ने गरी बाँध बनाएपछि प्रतिरोध गरिएको हो । यादवलाई भारतीय प्रहरीले उनले प्रतिरोध गरेको खाँडो नदीको ठिक पारिपट्टीको बजार कुनौलीबाट एकसाता अघि पक्राउ गरिएको थियो ।

को हुन् देवनारायण ?
०१५ सालमा तिलाठीमा जन्मिएका देवनारायण २०२८ सालदेखि राजनीति र समाजवेसामा सक्रिय छन् । ०४८ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र रुपमा वडा सदस्य जितेका थिए । कांग्रेसका राजनीति लामो समय गरेका थिए । सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय संजाल सप्तरीका अध्यक्ष भएपछि सिमावर्ती क्षेत्रका समस्यासँग नजिक भए ।

भारतीयहरुले सीमा क्षेत्रमा नेपालीहरुलाई गर्ने हेपाहा व्यवाहार बिरुद्ध उनी निरन्तर लड्दै आएका थिए । उनकै नेतृत्वमा पटक पटक भारतीयहरु बिरुद्ध नेपालीहरुले लडेका थिए । तर, उनी चर्चामा गत बर्ष १३ साउनको घटनापछि आए । खाँडो नदीमा भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले बनाएको बाँध उनकै नेतृत्वमा भत्काइयो ।  भारतीयहरु घाइते हुने गरी सिमाबाट खेद्ने काम समेत भयो । भारतीयहरुले नै नेपालीहरुको आक्रमणबाट आफ्ना नागरिक घाइते भएको बताएका थिए । त्यही घटनाबाट चर्चामा आएका यादवलाई सरकारले जनसेवाश्रीबाट सम्मान समेत गरेको थियो । यादवलाई ‘सिमा रक्षक’ को रुपमा सबैतिरबाट सम्मान समेत भएको थियो ।

के हो तिलाठी घटना
एक बर्ष अघि भारतीयहरुले खाँडो नदीमा बाध बाँधेपछि तिलाठी, सकरपुरा, रम्पुरा मल्हनीयासहितका गाविस डुबानमा परेको थियो । सो बाँध भारतीय प्रहरी, सीमा सुरक्षा बल (एसएसबी) र कुनौलीका स्थानीय बासिन्दाले नेपाली भुमी मिचेर बनाएका थिए । आधा दर्जन बढी गाविस डुबानमा परेपछि हजारौं नेपालीहरु विस्थापित हुने अवस्था निर्माण भएको थियो । यसपछि यादवकै नेतृत्वमा नेपालीहरुले बाँध भत्काइदिएका थिए । बाँध भत्काउने क्रममा भारतीय र नेपालीबिच दोहोरो झडप भएको थियो । झडपमा भारतीयहरु सहित ८ नेपाली घाइते भएका थिए । झडपमा यादव पनि गम्भिर घाइते भएका थिए । उनको टाउकोमा ८ टाँका लागेको थियो ।

घाइते यादवलाई एमाले नेता ठाकुर गैरेको नेतृत्वमा रहेका ‘राष्ट्रिय स्वाभिमानका लागि युवा अभियान’ नेपाल नामक संस्थाले काठमाडौं ल्याएर उपचार गरेर सम्मान समेत गरेको थियो । भारतीय अतिक्रमण विरुद्धको योद्धाका रुपमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा चर्चित यादव त्यही घटनाबाट भारतीय प्रशासनको तारो बनेका थिए । भारतीय प्रहरीले घटनाको प्रमुख दोषीको रुपमा यादवलाई राखेर प्रतिशोध राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७