कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरको बराबरी


प्रकाशित मिति : June 21, 2021

काठमाडौं, ७ असार । कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ‘बी’ को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्