इरानको आणविक कार्यक्रमविरुद्ध एकजुट हुन अन्तर्राष्ट्रिय समुदायलाई इजरायलको आग्रह


७ असार २०७८, सोमबार
118995569 tv068124715

काठमाडौं, ७ असार । इरानले आणविक उर्जा केन्द्र केही समयका लागि बन्द गरेको जनाएको छ । तर अधिकारीहरुले भने केन्द्रमा प्राविधिक समस्या आएपछि केही समय मर्मतका लागि बन्द गरिएको जनाएका छन् ।

तर इरान सरकारले भने आणविक केन्द्र बन्द गर्नुपर्ने कारणबारे केही नखुलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इरानले दक्षिणी शहर बुशहरमा रहेको सो केन्द्र पहिलो पटक आपतकालीन रुपमा बन्द गरेको हो । सन् २०११ मा सो केन्द्र स्थापना भएसँगै अमेरिकालगायत युरोपियन युनियनले समेत इरानलाई आणविक केन्द्र बन्द गर्न दवाव दिँदै आएका छन् ।

सो कन्द्रमा उत्पादन भएको आणविक उर्जा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक उर्जा केन्द्र (आईएईए) ले अनुमोदन गरेपनि पछिल्लो समय यसका गतिविधिबारे जानकारी नपाएको भन्दै इरानको आलोचना हुने गरेको छ ।

अमेरिकालगायतका मुलुकले इरानलाई आणविक कार्यक्रम बन्द गर्न दवाव दिएपनि सो प्रयास सफल हुन सकेको छैन । अमेरिकाले सन् २०१५ मा भएको आणविक सम्झौताको एकतर्फी रुपमा भंग गरेसँगै इरानले आणविक कार्यक्रमलाई तीव्र पारेको छ ।

यता इरानको चेतावनीविरुद्ध एकजुट हुन अमेरिकालाई इजरायलले आग्रह गरेको छ । इरानको आणविक कार्यक्रम रद्द गर्न वा सानो मात्रामा मात्र सञ्चालनका लागि दवाव दिइरहेका बेला इरानले भने आफ्नो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै आएको छ । नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आणविक कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेसँगै इरानलाई थप दवाव दिन इजरायलले अन्तर्राष्ट्रिय समुदाय गुहारेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७