सेफ्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु


७ असार २०७८, सोमबार
death

संखुवासभा, ७ असार । संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका–४ सेकाहामा सेप्टिक ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेप्टिक ट्याङ्की भत्किएर सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो ।

गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला अस्पताल संखुवासभा लगिएकोमा हिजो बेलुकी उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए । घाइते दुवैलाई स्थानीयले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७