कोपा अमेरिका फुटबल : पेरुले कोलम्बियालाई हरायो


७ असार २०७८, सोमबार
peru vs colambia 6mDghqTvCp

काठमाडौं, ७ असार । कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।

यसअघि भएको खेलमा यही समूहका भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका थिए । भेनेजुएला चौथो स्थानमा छ भने इक्वेडर पुछारमा छ । ब्राजिल ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७