नेपालमा नौं जनामा कोरोनाको ‘डेल्टा’ र ‘अल्फा’ भेरियन्ट पुष्टि, सतर्क हुन आग्रह


७ असार २०७८, सोमबार
coronavirus 3ev2ZCAklG

काठमाडौं, ७ असार । नेपालमा जनामा जनामा कोभिड–१९ को उत्परिवर्तित भेरियन्ट ‘के ४१७ एन म्युटेसन’ भेटिएको पुष्टि भएको छ । जिनोमिक पहिचानका लागि जेठ २६ भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट हालसम्म १० वटा भन्दा बढी मुलुकमा फैलिइसकेको मन्त्रालयले जनाएको छ । वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो । परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा भेरियन्ट भएको पाइएको थियो ।

डेल्टा भेरियन्ट पहिचान भएकैमध्येबाट ९ वटा नमूनामा थप उत्परिवर्तित भेरियन्ट पुष्टि भएको हो । नेपालमा हालसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक र सबै उमेर समूहमा फैलिने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा स्वास्थ्यप्रति जिम्मेवार हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

mohp release wcLXD7wt4n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७