टिपर रोकेर चालककी श्रीमतीमाथि जब्बरजस्ती करणी र लुटपाट, तीनमध्ये एक युवक पक्राउ


७ असार २०७८, सोमबार
Rape for nayapage

दाङ, ७ असार । दाङको लमहीमा धारिलो हतियार देखाउँदै लुटपाट र महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । घटनामा संलग्न अन्य दुई जना युवा फरार रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पक्राउ पर्नेमा करिव २१ वर्षीय किरण बुढा रहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी कार्य भइरहेको छ । गए राति कमानपुरमा रहेको सिमेन्ट कम्पनी जाने बाटोमा अन्दाजी करिब १० बजेको समयमा एक टिप्परलाई रोकी तीन जना युवाहरुको समूहले धारिलो हतियार देखाउँदै टिप्पर चालकलाई लुटपाट गरी टिप्परमा रहेका चालकका श्रीमती र आफन्तलाई जवरजस्ती करणी गरेको पीडितको भनाई रहेको छ ।

‘हामी रोल्पाको होलेरीबाट सिमेन्ट कम्पनीका लागि कच्चा पदार्थ लिएर आएका थियौं । सिमेन्ट कम्पनीमा सामान झारेर लमही फर्कने क्रममा बाटोमा मोटर साइकल लिएर तेर्साए’, पीडित चालकले भने, ‘त्यसपछि धारिलो हतियार देखाउँदै सुनका गरगहना, मोबाइल र नगद ४५ हजार लुटे । महिलाहरुलाई जवरजस्ती गरे ।’ यता वडा प्रहरी कार्यलयका प्रमुखका अनुसार पीडित महिलाहरुले वडा प्रहरी कार्यालय लमहीमा दिएको जाहेरीका आधारमा एक जनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७