बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेलवे सेवा


७ असार २०७८, सोमबार
johan lumle and VC Pun
File photo dated 16/09/08 of actress Joanna Lumley meeting Tul Bahadur Pun VC. Gurkhas fighting for the right to settle in Britain will learn today whether their immigration test case at the High Court has been successful. PRESS ASSOCIATION photo. Issue date: Tuesday September 30, 2008. Mr Justice Blake will hand down his judgment in a case backed by actress Joanna Lumley, whose father Major James Lumley fought with the Gurkhas in Burma in the Second World War. See PA story COURTS Gurkhas. Photo credit should read: Ian Nicholson/PA Wire

लण्डन, ७ असार (एजेन्सी) । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गरेका गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा सन्चालन हुने भएको छ । बेलायतको पश्चिमी क्षेत्रको एक शहरदेखि अर्को शहरसित जोड्ने रेलवे सेवाको नाम भिसि बिजेता पुनको नाममा गर्न लागिएको हो ।

बेलायतको प्याडिङटन रेलवे स्टेशनमा बुधबार बिहान (२३ जुन)मा एक समारोह बीच औपचारिकरुपमा सुरुवात गर्न लागिएको रेलवे सन्चालक ग्रेट वेस्टर्न रेलवेले बताएको छ । सो समारोह पुनले भिसी पाएको ७५ वर्ष पुगेको अवसरमा अघिल्लो साल नै गर्ने योजना बनाइएको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

ग्रेट वेष्टर्न रेलवेका बाह्य सन्चार प्रमुख डान पान्सले रेल्वे सञ्चालन गरेर भिसी तुलबहादुर पुनलाई सम्मान गर्न पाउँदा हामीलाई हर्ष लागेको बताएका छन् ।

यस्तै गोरखा वेलफेयर ट्रष्टका आडम बेन्थामले भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान भएको बताएका छन् । उनले भनेका छन्,‘गोरखा सैनिकहरुले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सात वटा भिक्टोरिया क्रस पाएका थिए । तीमध्ये भिसी तुलबहादुर पुन पनि एक थिए । हाम्रो देशले गोरखाहरुको धेरै ऋण तिर्नुछ र भिसी तुलबहादुर पुनको बहादुरीलाई यसरी सम्मान गरिनु सच्चा सम्मान हो । ’

सो नामकरण समारोहमा ख्यातिप्राप्त अभिनेत्री जोअना लुम्ले साथै भिसी पुनका परिवारका सदस्यहरुको उपस्थितिमा हुने बताइएको छ । भने समारोहका लागि भिसी पुनका सुपुत्र अर्जुन तिलिजाले समारोहको लागि आफूहरुलाई निमन्त्रणा प्राप्त भएको बताए । भिसी पुन दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा २१ वर्षका मात्र थिए ।

गोरखा वेलफेयर ट्रष्टका संरक्षक समेत रहेकी लुम्लेले भनेकी छिन्, ‘म भिसी लछिमन गुरुङ र तुलबहादुर पुन जसले बर्मामा मेरा पिताजीसित लडे उनीहरुसितको भेट कहिल्यै बिर्सदिनँ । हाम्रो स्वतन्त्रताको रक्षाका लागि नियमित ड्यूटीभन्दा माथि उठेर लड्ने गोरखाहरुप्रति हाम्रो ठूलो ऋण छ ।’

सन् १९४०मा बेलायती सेनामा भर्ती भएका पुनले दोस्रो विश्वयुद्धमा बर्माको लडाइँमा अद्वितीय युद्धकला प्रदर्शन गरेवापत बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका थिए। यिनको २०६८ बैशाख ७ गते मृत्यु भएको थियो । उनी मुटुको समस्याबाट पीडित थिए। बेलायतस्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका पुन ६७ चैत्र महिना नेपाल फर्केका थिए। उनका श्रीमती दुई छोरा र आठ छोरी छन्।
स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन गर्दा भिसा अस्वीकृत भएपछि चर्चामा आएका पुनलाई गोरखा भूपू सैनिक सङ्घ (गेसो), हलिउडकी अभिनेत्री जोना लुम्ले र बेलायती जनताले विशेष पहल गरेका थिए। अभिनेत्री लुम्लेले उनलाई पिता मान्थिन्। उनी गोरखाहरूको न्यायिक आन्दोलनमा पनि सक्रिय थिए।

बेलायतको प्रतिष्ठित गोरखा सैनिकहरुले हालसम्म १३ वटा भिक्टोरिया क्रस पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७