युरोकप : बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता


८ असार २०७८, मंगलवार
Netherland1624299260

काठमाडौं, ८ असार । समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गए राति भएको खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्याण्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे ।

जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ । गए राति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र मेम्फिस डिपेले एक गोल थपे । नेदरल्याण्ड्सले समूह चरणका सबै खेल जित्दै नौ अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७