कोपा अमेरिका : आत्मघाती गोलपछि चिली उरुग्वेसँग बराबरीमा रोकियो


८ असार २०७८, मंगलवार
copa america DI5jQVsy3i

काठमाडौं, ८ असार । कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेलेका छन् । बिहान सकिएको खेलको २६ औं मिनेटमा चिलीका एदुआर्दो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । तर खेलको ६६ औं मिनेटमा चिलीकै भिडालले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।

चिली पाँच अङ्कसहित शीर्ष स्थानमा छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र पाराग्वे खेलिरहेका छन् । आज विजयी भएमा दुवै टोली शीर्ष स्थानमा पुग्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७