चार वर्षपछि गाउँमा बिजुली


८ असार २०७८, मंगलवार
bijuli
फाइल फोटो

हुम्ला, ८ असार । हुम्लाको मध्यक्षेत्रमा रहेको चङ्खेली गाउँपालिकाको मेलछाम गाउँमा चार वर्षपछि बिजुली बलेको छ । वडा नं ६ स्थित मेलछाम गाउँमा बत्ती बलेर उज्यालो देख्न पाउँदा यहाँका स्थानीयवासी खुसी भएका छन् ।

चार वर्षअघि शुरु भएको खापरखोला लघुजलविद्युत् आयोजना सम्पन्न भएर शनिबारदेखि वडा नं ६ का सबै नागरिकले बाल्न पाएको स्थानीयवासी मक्कवीर बुढाले जानकारी दिए ।

उनका अनुसार आयोजनाका प्रबन्धक छक्कबहादुर मल्ल, इन्चार्ज करण बुढथापालगायतको टोलीले प्राविधिक पक्षमा मेहनत गरी गाउँलाई झिलिमिली बनाउन सफल भएको हो। अहिले वडा नं ६ का गाउँमा मात्रै बिजुली बलेको भए पनि आयोजनाको क्षमता बढाएर केही महिनापछि पूरै चङ्खेली गाउँपालिकाभरि सञ्चालनमा ल्याउने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७