विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री लोफभेन पदमुक्त


८ असार २०७८, मंगलवार
Stefan

काठमाडौं, ८ असार । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् ।
बहुमत सदस्यले विपक्षमा मत दिएपछि प्रधानमन्त्री लोफभेनले विश्वासको मत प्राप्त गर्न सकेनन् ।

स्वीडेनको संसदमा तीन सय ४९ जना सांसद रहेकोमा विश्वास प्राप्त गर्न १७५ सदस्यको मत आवश्यक थियो । तर १८१ जनाले प्रस्तावको विपक्ष अर्थात अविश्वास प्रस्तावको समर्थनमा मत दिएका रोयटर्सले जनाएको छ ।

योसँगै स्वीडेनमा संसद विघटन हुने खतरा टरेको छ । संसद विघटन भएको भए एक वर्ष अगाडि नै आम चुनावमा जानुपर्ने अवस्था आउने थियो । विपक्षले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने लोफभेन स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् ।

वामपन्थी कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अब उनले अर्को सरकार गठन नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७