बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


८ असार २०७८, मंगलवार
gold

काठमाडौं, ८ असार । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ उकालो लागेको छ । आज बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७