बालाजुमा बस र मोटरसाइकल जुध्दा युवतीको गयो ज्यान


८ असार २०७८, मंगलवार

काठमाडौं, ८ असार । काठमाडौं बालाजुमा सवारी दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ । बालाजुमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–५ लोलाङ हाइट बस्ने गोरखा, भीमसेन गाउँपालिका–७ घर भएकी २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सीताराम परियारको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका ८ तिलाचौरस्थित सडकमा म १ प ८५८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका– १० तिल्केनी बस्ने २२ वर्षीय गणेश नाथको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक शम्भुराज जोशीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि धनगढीतर्फ रिफर गरिएको छ । मोटरसाइकलमा सवार घाइते भएका केशव सिंह उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७