राजाको अपमान गरेको भन्दै कम्बोडियामा तीन संरक्षणकर्मी युवा–युवतीमाथि मुद्दा


८ असार २०७८, मंगलवार
arrested w7FfJv3nyD

काठमाडौं, ८ असार । कम्बोडियामा राजाको अपमान गरेको भन्दै तीन वातावरण संरक्षणकर्मी युवा–युवतीमाथि मुद्दा चलाइएको छ । मदर नेचर ग्रुपका २२, २६ र ३२ वर्षका युवा युवतीलाई पक्राउ गरेर मुद्दा चलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

शाही दरबारको छेउमा रहेको टोन्ले साप नदीमा फोहोर विसर्जन भएको सामग्री सङ्कलन गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई पाँचदेखि १० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ । उनीहरुले वातावरण जोगाउने अभियानका नाममा राजाको अपमान गरेको प्रमाण भेटिएको प्रहरीले दाबी गरे पनि कस्तो अपमान गरेका थिए भन्ने खुलाएको छैन ।

संरक्षणकर्मी समूह लिकाधोका निर्देशक नल्या पिलर्जले कम्बोडियाको सरकारले पछिल्लो समय प्रकृति दोहनलाई निसाना बनाएको र त्यसको आलोचना गर्नेलाई पक्राउ गरिरहेको बताएका छन् ।

नदीमा बाँध बनाउने विषयको विरोध गरेकै कारण मदर नेचर समूहका संस्थापकलाई कम्बोडियाले देश निकाला गरेको छ भने तीन जनालाई १८ देखि २० महिनाको जेल सजाय सुनाइएको छ । कम्बोडियामा राजाको अपमान गर्नेलाई कठोर कारबाही गर्ने नयाँ कानुन भर्खरै पास भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७