क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ


८ असार २०७८, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं, ८ असार । सामाजिक सञ्जाल ‘क्लब हाउस’ मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उनीमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७