‘बाथटब’मा डुबेर श्रीदेवीको मृत्यु भएको पुष्टी, आज अन्त्येष्टि


१६ फाल्गुन २०७४, बुधबार
shree devi

मुम्बई १६ फागुन :  चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा पुष्टी भ्रएको छ। होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ।

shree devi

यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो। उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्।  दुबईको सरकारी सञ्चार कार्यालयले श्रीदेवीको शवपरीक्षणको विश्लेषण सम्पन्न भएको र मृत्युको कारण निर्क्योल भएको जनाएको छ। अधिकारीहरूका अनुसार उनको मृत्युको केस नियमित कानुनी प्रक्रिया अगाडि बढाउन दुबईको सार्वजनिक अभियोक्तालाई हस्तान्तरण गरिएको छ।

मृत्युको कारण उल्लेख भएको शवपरीक्षणको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्यदूतावासलाई उपलब्ध गराएको ‘गल्फ न्यूज’ले जनाएको छ। पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

आज अन्त्येष्टि

निधन भएको तीन दिनपछि मंगलबार बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीरलाई भारत ल्याउने अनुमति प्राप्त भएको छ। सरकारी वकिलको अनुमति प्राप्त भएपछि उनलाई भारत ल्याउन लागिएको हो। दुबई पुलिसले श्रीदेवीको निधनसँग सम्बन्धित केसलाई बन्द गरेको छ परिवारले श्रीदेवीको पार्थिव शरिर बुझिसकेका छन्।

श्रीदेवीका भतिजा सौरभ मल्होत्राले बुझेका हुन्। श्रीदेवीका पति बोनी कपुर पनि आफ्ना छोरा अर्जुन कपुरसँग दुबईमै छन्। बुधबार उनको अन्तिम संस्कार गरिनेछ। दुबईको स्थानीय कानुनी प्रक्रियाले उनको शव ल्याउन ३ दिनको समय लागेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७