४३ जना पाइलटका लागि वायु सेवा निगममा जागिर खुल्यो


१६ फाल्गुन २०७४, बुधबार
pilot

काठमाडौं, १६ फागुन । नेपाल वायुसेवा निगमले पाइलटको लागि आवेदन मागेको छ । निगमल मंगलबार सुचना प्रकाशन गरि क्याप्टेन र को–पाइलट गरी ४३ जानको लागि करारमा आवदेन मागेको हो । निगमले दुई ठूला वाईड बडी जहाज खरिद प्रक्रियामा रहेको छ ।pilot
निगमले खरिद गर्न लागेको एयरबस ३३०÷२०० सिरिजका दुई थान वाइडबडी जहाज उडान गर्नका लागि ६ जना क्याप्टेन र ६ जना को–पाइलटको लागि आवेदन मागेको छ ।
त्यस्तैगरी हाल उडान गर्दै आएको न्यारोबडी ३२०–२०० सिरिजको जहाजका लागि ४ जना क्याप्टेन र ४ जना को–पाइलटको माग गरेको छ । त्यस्तैगरी बोइङ ७५७ जहाजको लागि ६ जना क्याप्टेन र ६ जना को–पाइलटको माग गरेको छ ।
त्यस्तै सवैभन्दा ठूलो समस्या व्योहोर्दै आएको चिनियाँ जहाज वाई–१२ इ जहाज र ट्विनटर जहाज को लागि ११ जना क्याप्टेन माग गरेको छ । त्यस्तैगरी चिनियाँ जहाज एमए–६० जहाजको लागि ४ जना क्याप्टेन माग गरेको छ ।
निगमसंग हाल आन्तरिक उडानको लागि ६ थान चिनियाँ जहाज र दुई थान ट्विनटर जहाज छन् ।
त्यस्तै अन्तर्रा्ष्ट्रिय उडानको लागि दुई थान न्यारोडबडी जहाज एयरबस ३२० दुई थान तथा बोईङ ७५७ एक थान रहेका छन् । जसमा एयरबस ३२० जहाजको इन्जिनमना समस्या आएपनि दुई महिना अगाडी देखि मर्मतकै प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७