अफगानिस्तानमा तालिवान आक्रमण बढ्दो, ५० बढी जिल्ला कब्जामा


९ असार २०७८, बुधबार
taliwan i6qGD94D8E

काठमाडौं, ९ असार । अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ ।

तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका अनुसार गएको मे महिनायता मात्रै ५० भन्दा धेरै जिल्लालाई तालिवानले कब्जामा लिएको छ । यसले अफगानिस्तानसँगै अन्य देशमा पनि सुरक्षाको जोखिम बढेको खबरमा उल्लेख छ । तालिवानले ठाउँ ठाउँमा बारुदी सुरुङ बिछ्याएका बीबीसीले जनाएको छ ।

शान्ति वार्ताको प्रयास भइरहे पनि तालिवान वार्ताका लागि इच्छुक नदेखिएको राष्ट्र संघको भनाइ छ । अमेरिकाले आउँदो सेप्टेम्बर ११ तारिखदेखि आफ्नो सेनालाई फर्काउने तयारी गरेको छ । अफगानिस्तानमा विद्रोहीको आक्रमणका कारण पोलियो थोपा खुवाउने अभियान समेत प्रभावित छ । स्वास्थ्यकर्मीको हत्या हुन थालेपछि खोप अभियान प्रभावित भएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७