अब महालेखाको भुक्तानी प्रणाली देशैभर विद्युतीय


१६ फाल्गुन २०७४, बुधबार
pay

काठमाण्डौं, १६ फागुन : काठमाण्डौं सिंहदरबारस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा प्रदायक फर्म, कम्पनी, संस्था वा व्यक्तिको बैंक खातामा नै जम्मा हुने गरी नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को आइपीएस प्रणालीमार्फत विद्युतीय भुक्तानी कारोबार शुरु गरेको थियो । यो सेवालाई बिस्तार गरी मंगलबारदेखि ललितपुर, काठमाण्डौ, भक्तपुर हुँदै देशैभरमा लागू गरेको हो । pay

मंगलबारदेखि देशैभर बिस्तार यो प्रणालीले नेपाल सरकारको भुक्तानी कारोबारहरु सिधै बैंकमार्फत विद्युतीय माध्यमबाट गरिदा वित्तीय अनुशासन र वित्तीय पारदर्शीता कायम गर्न विशेष मद्दत पुग्नुका साथै नेपाल सरकारको विद्युतीय भुक्तानी गर्ने नीति कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

एनसीएचल आइपीएसमार्फत विद्युतीय भुक्तानी गर्न सम्बन्धित कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउँदा अब भुक्तानी दिनुपर्ने सेवा प्रदायक संस्था, फर्म, कम्पनी वा व्यक्तिको बैंक खाता पनि उपलब्ध गराउनुपर्ने हुन्छ । भुक्तानी आदेश प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले आफ्नो बैंकमार्फत हितग्राहीको खातामा सिधै रकमान्तर गरिदिनेछ । हाल एभरेष्ट बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट सरकारी भुक्तानी कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७