चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा दायर


९ असार २०७८, बुधबार
chudamani sharma

काठमाडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र शर्मालाई एक अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ कर छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ती पदाधिकारीले कानुन विपरीत बदनियतपूर्वक कर छुट दिएको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

ch

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७