यातायत श्रमिकलाई कोभिड भ्याक्सिन माग गर्दै यातायात मन्त्रालयमा ज्ञापनपत्र


८ असार २०७८, मंगलवार
yatayat majdur and minister

काठमाण्डौंं, ८ असार । तीन यातायत मजदुर संगठनले यातायत मजदुरलाई कोरोना विरुद्धको खोप माग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाईएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायत श्रमिक कोरोना सक्रमणको उच्च जोखिम रहेको भन्दै मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

कोरोना प्रकोप र निषेधाज्ञाका कारण श्रमिकहरु ‘रोग र भोक’को दोहोरो मारमा परिरहेको, संयौँ श्रमिकहरु संक्रमित भएको साथै सयौँले ज्यान गुमाईसकेकोले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । उनले भने,‘। दैनिक मजदुरी गरेर जीविका चलाउने श्रमिकहरु र आश्रित परिवारको जीवन कष्टकर बनेको विषयमा माननीय मन्त्री बसन्त नेम्वाङ्ग ज्युलाई ध्यानाकर्षण गराउँदै बुझाएका छौँ ।’

ज्ञापनपत्रमा भनेको छन्, ‘यातायत श्रकिमहरु कोरोना संक्रमणको उच्च जोखिममा छन् । तर, हालसम्म खोप पाएका छैनन् । कोरोनाबाट श्रमिकहरु सुरक्षित भएमात्रै सर्वसाधरण सुरक्षित हुने भएकोले निषेधाज्ञा अवधिभित्रै सबै श्रमिकहरुलाई खोपको व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

ज्ञापनपत्रमा श्रमिक तथा स्वरोजगारहरुलाई राहत वा सहुलियत, श्रमिकहरुलाई कोरोना विरुद्ध खोप ९भ्याक्सिन०, सङ्क्रमितहरुको उपचार निशुल्क व्यवस्था गर्न, यातायात क्षेत्रको पुनस्र्थापना गर्न, काममा फर्किने वातावरण बनाउने र जोखिम भत्ता उपलब्ध गराउनु पर्ने लगायतको १२ बुँदै ज्ञापन पत्र बुझाएको हो ।

हेर्नुहोस् ज्ञापनपत्र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७