२०७८ असार १० गते बिहीबारको तपाईको राशिफल


१० असार २०७८, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक र राजनैतिक कार्यमा बाधा आउने छ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कार्यको योजना बन्ने छ । बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहने छ । सफल र लाभदायक यात्रा पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम्पत्य जीवन सुखमय हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अधुरो काम पूरा होला । पारिवारिक सुखले प्रफुल्लित भइनेछ । कृषि कार्य अघि बढ्ने छ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पती हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मङ्गल कार्यको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । कुनै कुराले मन प्रसन्न रहला र शेयर बजारलगायत आर्थिक क्षेत्र राम्रै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्य सफल नै रहने छ । प्रेम सम्बन्ध कसिलो होला । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७