काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा


१० असार २०७८, बिहीबार
fast track

काठमाडौं, १० असार । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ ।

दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउन चिनियाँ कम्पनी पोली च्याङ्दा इन्जिनीयरिङ कर्पाेरेशनका अधिकारी बुधवार नेपालमा आएका हुन् ।

वैशाख ३१ गते ठेक्का सम्झौता भएअनुसार उक्त कम्पनीका १४ जनाको समूह बुधवार चार्टर विमानबाट नेपालमा आएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले दोस्रो प्याकेजको ठेक्का पाएको उक्त कम्पनीका ती अधिकारीहरू आएको जानकारी दिएका हुन् ।
‘यो टीममा प्रोजेक्ट म्यानेजर, टनेल (सुरुङमार्ग), ब्रिज (पुल), सडक इन्जिनीयरलगायत आवश्यक पर्ने विज्ञहरू छन्,’ पौडेलले भने, ‘यो टोलीले यी संरचनाहरूको डिजाइन गर्नेछ भने पीसीआर परीक्षण र होटेल क्वारेन्टाइन बसिसकेपछि फिल्डमा खटिनेछ ।’

उक्त कम्पनीका नेपालमा भएका जनशक्तिले जियोफिजिकल र जियोटेक्निकल सर्वेको काम शुरू गरिसकेका छन् भने बुधवार आएको टोली डिजाइनरको हो । सर्वेकोे काम यहाँ भएका ६–७ जनाको टोलीले गरेको उनको भनाइ छ । उक्त डिजाइनरको समूहले कार्यालय स्थापना गरेर टनेल बन्ने स्थानमै क्याम्प बनाई टनेल, ब्रिज, सडकलगायत संरचनाको डिजाइन शुरू गर्ने उनले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७