यूरोकपको अन्तिम १६ मा इङल्याण्ड र जर्मनी भिड्ने


१० असार २०७८, बिहीबार
afac0afb821420208007297061a27683 w1000 h500 cp

काठमाडौं, १० असार । यूरोकपको अन्तिम १६ मा इङल्याण्ड र जर्मनी भिड्ने भएका छन् । बुधबार राति हंगेरीलाई समूह चरणको अन्तिम खेलमा २–२ को बराबरीमा रोक्दै जर्मनीले नकआउट चरणमा इङल्याण्डको भेट पक्का गरेको हो ।

दुई पटक पुनरामगन गोल गर्दै जर्मनी अघिल्लो चरणमा प्रवेश गर्दा हंगेरी भने बाहिरिएको छ । हंगेरीका अदान स्जिली र आन्द्रेस स्काफरले एक एक गोल गर्दा जर्मनीका काई हाभार्जट र लियोन गोरिट्स्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

जितसँगै जर्मनीले समूह एफको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्‍यो । यस समूहबाट फ्रान्स विजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७