दबाबमा देउवा : सजिलो छैन नेतृत्वमा दोहोरिन


१० असार २०७८, बिहीबार
deuwa

काठमाडौं, १० असार । ‘पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नु पर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित यसरी नै सहयोग माग्दै आएका छन् ।

पार्टी उपसभापतिको जिम्मेवारी रहेका विमलेन्द्र निधिले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि सभापति देउवा झण्डै ४० वर्ष लामो सम्बन्ध तोड्दै अघि बढ्ने रणनीतिमा देखिएका छन् ।

निधिलाई मात्र होइन, पुरानो टिमलाई एकजुट बनाएर अघि बढाउन निकटहरुको निरन्तरको आग्रहपछि देउवामाथि दबाब परेको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७